खोलाले बगाएर डडेल्धुरामा एक महिलाको ज्यान गयो

बैतडी : खोलाले बगाएर डडेल्धुरामा एक महिलाको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको ज्यान गएको हो ।

बिहीबार दिउँसो गोठालोबाट फर्किन क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन् । खोलाले बगाउदा बेपत्ता भएपछि स्थाानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको थियो ।

Leave A Reply

Your email address will not be published.