सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल

धनगढी : बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएपछि विभाजित भएका माओवादीका सांसदहरुले पहिलो पटक सामूहिक छलफल गरेका छन् । आइतबार प्रदेश संसदीय दलको कार्यालयमा खगराज भट्टसहितका सबै प्रदेश सभाका सदस्यहरुले सामूहिक छलफल गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको निर्देशनपछि दलका नेता मानबहादुर धामीको आह्वानमा आइतबार भने संसदीय दलको कार्यालयमा जुटेका हुन् ।

प्रदेश सभा सदस्य रमेश धामी बाहेकका सांसदहरुले पहिलोपटक सबै जना एकै ठाउँमा उभिएर अनौपचारिक रुपमै भएपनि छलफलको सुरुवात गरिएको बताएका छन् ।

संसदीय दलको औपचारिक बैठक नभए पनि अनौपचारिक रुपमा दलभित्र देखिएको विवादका विषयमा के–कसरी समाधान निकाल्न सकिन्छ ? भनेर कुराकानी भएको छ ।

प्रदेश सभा सदस्य ओमबिक्रम भाटले सहमतीका आधारमा दलभित्र देखिएको विवादलाई समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

धामीलाई दलको नेता चयन गरेपछि माओवादीका प्रदेश सभा सदस्यहरु विभाजित थिए । उनीहरुबीच संवादहीनताको अवस्था थियो तर आइतबारको छलफलले भने संवादहीनताको अवस्था अन्त्य गरेको छ । एक सांसदका अनुसार आइतबारको छलफलमा खगराज भट्टलाई दलको नेता बनाउँदा पार्टीमा अन्य नेताको व्यवस्थापन के-कसरी गर्न सकिन्छ ? त्यो मिलाउनुपर्ने कुरा उठेको थियो ।

१२ माघ २०८० मा बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.