बाजेको कुटपीटबाट दुई नाती गम्भीर घाइते, बाजे पक्राउ

ललित बोहरा
बैतडीः बैतडीमा आफ्नै बाजेले कुटेका दुई नातीको अवस्था चिन्ताजनक छ । जिल्लाको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा आफ्नै बाजेले कुटेका दुई नाती (बालबालिका) हरुको अवस्था चिन्ताजनक छ ।

बाजेको कुटपीटबाट गम्भीर घाइते भएका दिपक साउदका २ वर्षीय छोरा रोसन साउद र ८ वर्षीय छोरा रिजन साउदको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले बताए । घाइते दुवै बालकहरुको टाउकोमा गम्भीर चोट छ ।

हेरचाहा गर्न बाजे ५० वर्षीय गणेश साउदसंग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा बिहीबार बाजेको कुटपीटबाट गम्भीर घाइते भएका उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डिएसपी शाहीले बताए ।

घाइते रोसन र रिजनका बुबा दिपक साउद भने धनगढीमा रहेको बुझिएको छ ।
कुटपीट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.