शिक्षक, बिद्यार्थी र अभिभावसंगै होली खेल्दै, शिक्षकको तलबदेखी शैक्षिक सामाग्री जोहोसम्मको योजना

ललित बाेहरा, बैतडी: बैतडीका अधिकांश बिद्यालयले अहिले गाउँ तथा स्थानीय बजारमा होली खेल्न थालेका छन् ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा आइतबारदेखी होली खेल्न थालेका छन् । सामुदायिक बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकसंगै होली खेलेर संस्कृतीको जगेना गर्नका साथै विद्यालयका लागि रकम संकलन गरिरहेका छन् ।

बिद्यालय बन्द गरेर यहाँका शिक्षक, बिद्यार्थी र अभिभावक होली खेल्नमा व्यस्त छन् । बिद्यालयको समग्र विकासका लागि सहज होस भन्ने उदेश्यले होली कार्यक्रममा भएको पाटन नगरपालिका १ मल्चोराका अभिभावक गणेश भट्टराईले बताए ।

सिद्धेश्वर मावि मेल्चोराले पहिलो पटक होली पर्वलाई होली कार्यक्रमको आयोजना गरेर मनाइरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत रावलले बताए । होलीबाट संकलन भएको रकमले तथ्याङक व्यवस्थीत गर्ने तथा अनलाईन भुक्तानी प्रणालीको सुरुवात गर्ने य गोजना रहेको व्यवस्थापन समिति अध्यक्ष रावलको भनाई छ ।

बढी रकम संकलन भएमा बिद्यार्थीका लागि शैक्षिक तथा खेलकुदका समाग्री समेत खरिद गर्ने योजना रहेको सद्धेश्वर मावि मेल्चोरा प्रधानाध्यपक दिपेन्द्र चाँडले बताए ।
लामो समयदेखी जिल्लाको पाटन नगरपालिका ९ मा पर्ने सिद्धेश्वर मावि हुक्केडाडाले निजी स्रोतका शिक्षकको तलबका लागि होली खेल्नु पर्ने बाध्ता भइरहेको छ ।

माविमा दुई शिक्षक र निमाविमा एकजना शिक्षकको दरबन्दी र एक अनुदान रहेका छन अरु सबै बिद्यालयले तलबभत्ता दिनु पर्छ विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले भने, ‘होली खेल्न रहर मात्र नभइ बाध्यता पनि भएको छ । मासिक १ लाख ५० हजार  बिद्यालयले तिर्न पर्ने हुन्छ, आम्दानीको केही छैन बिद्यार्थीबाट शु:ल्क लिने कुरा भएन् ।’

सामुदायिक बिद्यालयले यही तलब भत्ता र शैशिक्षक समाग्रीको जोहो गर्नका लागि होली खेलिएका छन् भने क्यापसहरुले साथीहरुमा आत्मीता बढाउनका लागि होली डिजे लगाएर प्राय खेलीरहेका छन् ।

यहाँका सामुदायिक बिद्यालयले सेतो लुगा लगाएर होली गीतमार्फत जनचेतना फैलाउने गरेका छन्र।  यस बर्ष फागुन २९ गते पहाडी समुदायको होली परेकाे छ भने चैत १ गते तराइ होली रहेकाे छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.