ललित बाेहरा,बैतडी: नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम सुस्त गतिमा भइरहेको छ ।
कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको भएपनि कामकाे गति भने सुस्त छ ।
करिडोर सडकको ७ सय मिटर ट्रयाक नखुल्दा बैतडीको पञ्चेश्वर गाउँपालिकाका वडा नम्बर ५ र ६ का नागरिकले आफ्नौ पालिका सदरमुकाम आउन-जान चार पालिका पुग्नु पर्ने बाध्यता छ ।
रोडिदेवल र गिरेगडाबाट गाउँपालिकाको केन्द्र आम्चौरासम्म सडक सञ्जाल विस्तार नहुँदा यहाँका नागरिकले बैतडीका चार पालिका घुमेर आफ्नो पालिका सदरमुकाम पुग्नु परेको छ ।
जिल्ला सदरमुकाम पुग्न भने पञ्चेश्वर ५ र ६ का नागरिकलाई एक घण्टा मात्र लाग्छ । तर आफ्नो पालिका पुग्न सवारी सधानमा ५ घण्टा बढी लाग्ने गरेकाे वडा अध्यक्ष नरेश चन्दले बताए ।
उनले भने, ‘हामीले कार्यपालिका बैठकमा जान समेत पहिले दशरथचन्द, पाटन, मेलोली नगरपालिका र शिवनाथ गाउँपालिका पुगेर आफ्नो गाउँकार्यपालिको कार्यालय पुग्नु पर्छ, जनतालाई पनि सास्ती छ ।,
७ सय मिटर सडक समयमै निमार्ण नहुँदा यहाँका बृद्धहरुले ८ हजार भत्ता पाउनका लागि कहिले काँहि १२ हजार खर्च गर्नु पर्ने बाध्यता रहेको स्थानीय मिना चन्दले बताइन् ।
उनले भनिन्, ‘बुढापाखाहरुलाई हिडेर पुग्न समस्या हुन्छ, गाडी सबै मिलेर बुकिङ गरे त हो नत्र एक जनाले गर्नु परेमा १२ हजार तिर्नु पर्छ बैक पनि आमचौरा छैन कुलाउ जानु पर्छ, हाम्रो यहाँका मान्छेले भत्ता बुझनको लागि कुलाउ देखे।’
सडक सञ्जाल संघ सरकारले निमार्ण गरिरहेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
महाकाली करिडोरको दुई वडा जोड्ने सडकमा तीन सय मिटरमा भिर पर्छ । कडा चटानसहितको भिरबाट सडक निर्माण गर्न विष्फोटक पदार्थ चाहिने भएकोले सडक सञ्जाल विस्तार गर्न नसकिएको ठेकेदारलाई उद्धत गर्दै अध्यक्ष चन्दले बताए ।
रक्षा मन्त्रालयमा विष्फोटक पर्दाथका लागि ठेकेदारलाई अनुमती दिन सरकारी प्रक्रिया सबै पुगाएर गएको उनले बताए । अहिलेसम्म गाउँपालिकाले सडक निमार्णका लागि गर्नु पर्ने सबै काम गरेको बताए । उनले संघ सरकारले गुनासाे नसुनेकाेले समस्या भएकाे बताए ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसहितको जिल्ला स्तरिय एक टिमले अनुगमन गरेको अध्यक्ष चन्दले बताए । उनीहरुले पहल गर्ने बताएको छ ।
करिडोर योजना अन्तर्गत डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ र दार्चुलामा सेनाले निर्माण गरिरहेको बाहेक एक सय २१ किलोमिटर सडक पर्छ । २०६५/६६ सालमा दार्चुला–तिङ्कर सडक योजनाबाट सुरु भएको
पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द(भिडियाे)