ललित बाेहरा,बैतडी : शिक्षा क्याम्पस साहिलेक बैतडीको स्ववियु अध्यक्षमा अक्बर चन्द निर्बिरोध निर्वाचित भएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) बाट उम्मेदवारी दिएका चन्द निर्बिरोध निर्वाचित भएका हुन् । उम्मेदवारी दर्ता समय दिउँसो दुई बजेसम्म कसैले उम्मेदवारी नदिएपछि उनी निर्बिरोध निर्वाचित भएका हुन् ।
उप सभापतिमा जनक नाथ सचिवमा धिरज जाेशी र काेषाध्यक्ष ममता टेलर तथा उपसचिव सन्तोष बाेगटी निर्बिरोध निर्वाचित भएका छन्र । सदस्यमा हेमन्ती चन्द, मेघा बराल, चादनी वड, र पुनम पन्त निर्बिरोध निर्वाचित भएकाे अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बैतडीले जनाएकाे छ ।
आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी छ । उता नव प्रभात सयुक्त क्याम्पस, कुलाउ बैतडीमा अनेरास्ववियुकै विद्यार्थी नेता सपना चन्द सभापति, ईश्वरी भट्ट सह-सचिव पदसहित बहुमत सदस्य निर्विराेध निर्वाचित भएको अनेरास्ववियु बैतडीले जनाएकाे छ ।