डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियू निर्वाचन : अध्यक्षका लागि तीनजनाको उम्मेदवारी दर्ता

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियू अध्यक्षका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार २ बजेसम्म अखिल क्रान्तिकारी ,अनेरास्ववियु ,नेबिघ (बिपि)सहितका संयुक्त प्यानलबाट मदन बोहरा, स्वतन्त्रबाट कर्ण धामी र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐरले अध्यक्षका लागि मनोयन दर्ता गरेको छन् ।

नेपाली काग्रेस निकट नेविसंघ एक्लै चुनाव लड्ने छ भने माओवादी केन्द्र निकट अखिल क्रान्तिकार्री एमाले निकट अनेरास्ववियु र काँग्रेस विपि अर्थात कर्ण मल्लसहितको संयुक्त प्यानल बनाएर भिड्दै छन् ।

यता बैतडीका बिद्यार्थीले सबैलाई हराउने लक्ष्यसहित कर्ण धामीको नेतृत्वमा उम्मेदवारी दिएको छ । धामीले आफ्नो टिममा अधिकाँश बैतडीका उम्मेदवार बनाएर अध्यक्षमा दाबी पेश गरेका छन् । डडेल्धुरा क्याम्पसमा अधिकाँश बैतडीका बिद्यार्थीले भर्ना गरी अध्ययन गर्ने गरेका छन् ।

आसन्न चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे अध्यक्षलगायतका पदका लागि मतदान हुँदैछ । डडेल्धुराका क्यापसमा बैतडी, डडेल्धुरा, डोटी बझाङ लगायतका जिल्लाबाट ५ सय ५२ बिद्यार्थीहरु मतदाता रहेकाे निर्वाचन समिति सदस्य यज्ञराज भट्टले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.