बैतडी बाजेको कुटाइबाट नातीको मृत्यु

बैतडी:

बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० बर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ बर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ बर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

sanke

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । बाजेको कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.