बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिमा अज्ञात रोगले बाख्रा मर्न थालेपछि पशु प्राविधिकहरु गाउँमा पुगेका छन् । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने बिजुल गाउँमा अज्ञात रोगले गाउँभरी २० भन्दा बढी बाख्रा मरेपछि पशु प्राविधिकको टिम औषधिसहित गाउँमा पुगेको हो ।
लक्ष्ण अनुसारको उपचार तथा स्वब संकलन गरेर टिम र्फकिएको छ ।
पञ्चेश्वर गाउँपालिका पशु विकास शाखा प्रमुख गोमु पुनका अनुसार गाउँमा बाख्राहरुको स्वास्थ्य जाचँ गरेर औषधि गर्नुका साथै स्वाब संकलन गरेर कुन रोग लागेको हो परिक्षणका लागि धनगढी पठाइने छ ।
सबै उमेर समुहका बाख्राहरु ठुलो मात्रमा बिरामी आएकाले रोग पिपिआर हो वा अरु हो भन्ने एकिन गर्न स्वाव बुधबार नै धनगढी लगेर जाने पशु प्राविधिक दिपक बोहराले बताए ।
एक कृषककाे दुई-चार गरी गाउँभरी अहिलेसम्म २० भन्दा बढी खसी, बाकोहरु मरीसकेको कृषक सरस्वती देवी भट्टले बताइन् । ज्वरो १ सय ७ डिग्री फरेनाइट, झाडापाखाला, गिजा पाक्ने, झुक्रेनी लक्षण देखिएको छ ।
गाउँपालिका भरीका वडाहरुमा खोप लगाएको पञ्चेश्वर गाउँपालिका पशु विकास शाखा प्रमुख गोमु पुनले बताए । भाइरल रोग भएकाले पशु पालक कृषकले सचेत नभए नियन्त्रण गर्न समस्या हुने उनले बताइन् ।