बैतडीका सामुदायिक विद्यालयहरुद्वारा होली खेलेर लाखौं संकलन, शैक्षिक विकासका लागि सहयोग पुग्ने विश्वास

बैतडी : बैतडीका सामुदायिक विद्यालयहरुले होली खेलेर लाखौं रुपैयाँ संकलन गरेका छन् । विद्यालयलाई आर्थिकरुपमा सवल बनाउन यहाँका बिद्यार्थी, अभिभावक र शिक्षकहरुले मिलेर होली खेलेका हुन् ।

चार दिवशीय पहिलो पटक होली खेलेर पाटन नगरपालिका १ मा पर्ने सिद्धेश्वर मावि मेल्चौराले ३ लाख ३० हजार ६ सय ५७ रुपैयाँ संकलन गरेको प्रधानाध्यापक दिपेन्द्र चाँडले बताए , । रकमले विद्यालयका लागि अति आवश्यक एक अनलाईन एपलिकेशन खरिद तथा खेलकुद समाग्री खरिदने गरिने बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत रावलले बताए । यता निजी स्रोतका शिक्षकहरुको तलबको जोहो गर्न होली निरन्तर खेल्दै आएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाकाले चार दिनमा ३ लाख १८ हजार ८ सय ५० रुपैयाँ संकलन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । होलीबाट संकलित रकम शिक्षकहरुको तलब र शैक्षिक सामग्री खरीदमा खर्च गरिने अध्यक्ष भाटले बताए ।

पाटन नगरपालिका १ मा पर्ने कैलाश मावि डंसिलीले तीन दिनसम्म होली खेलेर १ लाख २६ हजार ८ सय ९० रुपैयाँ संकलन गरेको प्रधानाध्यापक गगन बोहराले बताए । निजिस्रोतका शिक्षकलाई तलबका लागि समस्या भएकोले होली खेल्नु परेको प्रअ बोहराको भनाई छ । वडा अध्यक्ष तर्कसिह ठगुन्नाले सबै बिद्यालाय धन्यावाद दिदै विद्यलायको विकासमा रकम खर्च गर्ने अनुरोध गरेका छन् ।

उता पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी रुपैयाँ संकलन गरेको छ । होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताए ।

यस्तै पाटन नगरपालिका – २ स्थित सिद्धनाथ मावि सिलङ्गाले ७९ हजार २३५ रुपैया संकलन गरेको छ । तीनदिन सम्म होली खेलेर उक्त रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए ।

जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडा लगायतका विद्यालयहरुले यो बर्ष होली खेलका छन् । होलीबाट संकलन भएको रकमले विद्यालय सञ्चालनमा सहजता हुने शिक्षण संस्थाहरुले जनाएका छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.