बैतडी : बैतडीको पाटन नगरपालिकाले संचालन गरेको अल्पकालिन महिला सुरक्षित आवास गृह (सेफ हाउस) को अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र धामी, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, श्रीबक्स गुल्म गढी व्यारेकका गुल्मपति सेनानी सफल थापा, जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रलगायतका जिल्लास्तरिय टिमले अनुगमन गरेको हो ।
सुरक्षित आवास गृहमा विभिन्न हिंसामा परेका महिलालाई आवासिय बस्ने व्यवस्था भएकाले भौतिक तथा आवासीय व्यवस्था कसरी व्यवस्थापन गरिएको छ भनेर अनुमगन गरिएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र धामीले बताए ।
आवासिय व्यवस्था राम्रो भएपनि नयाँ भवनको पछाडी पहिरो गएकाले छिटो पहिरो पन्छाउनु आवश्यक रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले सेवा प्रवाहमा सहज बनाउन आग्रह गरेका छन् । उनले समस्यामा परेका महिलालाई कानुनी रुपमा समस्या भए जिल्ला प्रशासन तथा प्रहरी प्रशासनमार्फत हुने सहयोग गर्ने प्रतिबद्ध रहेको बताए
।
उनले भवन पछाडीको पहिरोले सेवमा समस्या गरेकोले छिटो सफा गरिदिन नगरपालिकालाई आग्रह गरे । कर्मचारीलाई सेवा ग्राही अर्थात पिडीत पक्षको गोप्नेतालाई ख्याल गर्ने आग्रह गरेका छन् । कार्यालय र सेफहावसको व्यवस्थापन राम्रो गरिरहेको प्रतिक्रिया दिए ।
अनुगमनमा पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहरा, ८ नम्बर वडा अध्यक्ष तथा समाजिक विकास समितिका संयोजक हरिष बिष्ट, वडा नम्बर ३ का अध्यक्ष करुणाकर भट्ट, ४ का अध्यक्ष दिपक बिष्ट, ६ का अध्यक्ष राजेन्द्र बिष्ट, ७ का अध्यक्ष ललित चन्द, ९ का अध्यक्ष कालु सिह भाट, १० का अध्यक्ष धनबहादुर कुवँर, पत्रकार र साथी संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।
साथी संस्थाले बैतडी लगायतका विभिन्न जिल्लामा सुरक्षित आवास गृहका आर्थिक तथा व्यवस्थापीय सहयोग गरिरहेकाे छ ।