ललित बोहरा
बैतडी: बैतडीका ५० प्रतिशत बढी खानेपानीका कोलिफर्म भेटिएको छ । यहाँका मुहान, संकलन गर्ने ट्ंकी र धाराहरुमा पानी परिक्षण गदाँ दिसा हुने किटाण कोलिफोम देखिएको स्वास्थ्य कार्यालय बैतडीेले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीले चालु आर्थिक बर्षको जेठ र असारमा गरेको नमूना परीक्षणमा अधिकांश खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएका हो । संकलन गरिएको नमूना मध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए ।
बैतडीका मुहान सफा गर्नुपर्ने, पानी शुद्धिकरण गरेर मात्रै पानी पिउन आग्रह गरिएको उनले आग्रह गरे ।
‘जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमूना संकलन गरि परिक्षण गरिएको जनाएको छ। परिक्षण गरिएका मध्ये १३६ वटा मुहानको पानी पिउन योग्य छैन । ५०.८ प्रतिशत दुषित छ ।
कुन पालिको अवस्था कस्तो?
जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिकामा ३४ ओटा मुहानको नमूना संकलन गरि परिक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ ।
पुर्चाैडीमा ३० मध्ये १२, पाटनमा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै पञ्चेश्वरका १८ मध्ये १४, शिवनाथका १८ मध्ये १२, सिगासका ३७ मध्ये १०, सुर्नयाका २४ मध्ये १७ दोगडाकेदारका २७ मध्ये १८ र डिलाशैनि गाउँपालिकाका २१ ओटा खानेपानीका मुहानबाट नमूना संकलन गरि परिक्षण गर्दा १२ ओटा पानीका मुहानमा कोलिफर्म भेटिएको हो । पाटन नगरपालिकाले आफुले पनि नमुना परिक्षण मुहान, धारा, ट्ंयाकीको पानी परिक्षण गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिह महराले बताए ।
१० वटै वडाको पानी सिधै पिउन अयोग्य रहेको उनले बताए ।
खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसिन गइ दुषित हुने गर्दछ । पानीको मुहान, इन्टेक र धाराहरूलाई नियमित सरसफाइ गर्न आवश्यक रहेको उनले बताए ।
स्थानीय तह अनुसारको तथ्याङ