बैतडी: बैतडीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षिय पुरुषको बेवारिसे शव फेला परेको हो ।
शनिवार बिहान ८ बजे महाकाली राजमार्ग अन्र्तगत पर्ने सडक छेउमै ति पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको र शव पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए