बैतडी:
बैतडीको पाटन नगरपालिका ८ मा पर्ने खोडपे बजारको अनुगमन गरिएको छ । वडाध्यक्ष हरिश बिष्टको नेतृत्वमा बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्ट, बजार व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य चौकी इन्चार्ज जयराज भट्टसहितको टिमले बजार अनुगमन गरिएको हो ।
बजार क्षेत्रको पछाडीपट्टी फोहोर बढी देखिएकाले सम्बन्धीत पसलधनी तथा घरधनीहरुलाई तुरन्तै सरसफाई गर्न निर्देशन दिइएको बजार व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण सिंह भाटले बताए ।
खोडपे बजार क्षेत्रमा छोटो तथा लामो दुरीका सवारी साधनहरु रोक्ने क्रममा यात्रुहरुले जथाभावी फोहोर फाल्ने गरेको जनगुनासो बढेकाले सम्बन्धीत सवारी व्यवयासयी र सवारी स्टाफ मार्फत फोहोर नगर्न जानकारी गराउने विषयमा निर्देशन जारी गरिएको वडाध्यक्ष बिष्टले बताए । बजार क्षेत्रमा मुल्यमा पनि एकरुपता नहुने गरेको समेत जनगुनासो बढेकाले सबैले अनिवार्य मुल्यसूची निर्देशन गरिएको छ।
खोडपे बजार क्षेत्र हर्न निषेधित क्षेत्र समेत घोषणा गरिएको क्षेत्र हो । त्यसैगरी पछिलो समय बजार व्यवस्थापन समिति सक्रिय बन्दै गएको छ ।