बोर्ड परिक्षाकै ढाँचामा वडास्तरिय ‘बार्षिक परिक्षा’

बैतडी: बैतडीको पाटन नगरपालिका-१ मा वडास्तरिय परिक्षाको तयारी तिब्ररुपमा भइरहेको छ । कक्षा १ देखी (८ कक्षा बाहेक) ९ सम्म वडा स्तरिय परिक्षाका लागि तयारी थालिएको हो ।

वडाको बार्षिक योजना अनुसार प्रश्न प्रत्र र उत्तरपुस्तीका वडाले तयार गरेर केन्द्राध्यक्ष तोकेर परिक्षा गर्ने गरेको वडा शिक्षा समिति संयोजक तथा वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।
अन्तर बिद्यालयका प्रधानाध्यापक, शिक्षक मध्ये हुने बिषय विज्ञको टिमबाट वडामा नै उतरपुस्तिका परिक्षण हुने र समग्र रिजल्ट बनाएर उत्कृष्ट बिद्यालय तथा विद्यार्थीलाई पुरुस्कार तथा सम्मान हरेक बर्ष वडाले गर्दै आएको छ ।

सात वटै बिद्यालयलाई चैत्र ४ गते भित्र आफ्नो प्रश्न प्रत्र र उतरपस्तीका लैजान सूचना जारी भइरहेको छ । कक्षा ८ को परिक्षा नगरपालिकाले चैत्र १० गते गर्ने निर्णय गरे अनुसार नै कक्षा १ देखी ९ सम्मकै परिक्षा १० गतेबाट सञ्चालन हुने गरी तयारी तिब्र पारिएको अध्यक्ष ठगुन्नाले बताए। उनले

वडा अध्यक्षमा स्नातक उर्तिण गरेका तर्कसिह ठगुन्ना निर्वाचित भएपछि उनले बोर्ड परिक्षाकै ढाँचामा परिक्षा गर्ने गरेका छन् । यस्तै यता पाटन नगरपालिका- २ ले पनि बोर्डकै पद्धति अनुसार परिक्षा सञ्चालन गरिरहेको जनाएको छ ।

 

 

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!