बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकाले बिजुल गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ बिजुलमा बाख्राहरुमा देखा परेको समस्याहरुको उपचार गर्ने उद्देश्यले एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिन् लागेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त शिविरमा कुकुरलाई रेविज बिरुद्धको खोप समेत लगाइने भएकाले आ–आफ्नो कुकुरलाई ल्याएर आउन अनुरोध गरेको छ । अज्ञात रोग देखिएको बिजुलमा पशु प्राविधिक गृहारै भन्ने शिर्षकमा इन्फो समाचारमा खबर प्रकाशित भएपछि पशु प्राविधिको टिम पुगेको थियो ।
पशु प्राविधिकहरुले स्वाव संकलन गरेर प्रायोगशाला धनगढी पठाएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए । उनले भने, ‘हामीले समस्या भएको थाहा पाएको दोस्रो दिन पशु प्राविधिक पठाएका थियौँ रोग पत्ता लगेको छैन स्वाव परिक्षणका लागि धनगढी पठाएका छौ, ५ गतेको शिविरमा पशुको स्वास्थ्य चेक जाँच गरेर पशु चिकित्सकबाट समस्या अनुसारको उपचार गरिने छ।’
शिविरमा बिरामी भएका बाख्राहरुलाई चेकजाँच गराएर शिविरको फाईदा लिन हुन गाउँपालिका उपाध्यक्ष बिना भट्टले आग्रह गरिन् ।
धनगढी कैलालीबाट बाख्रामा कुन रोग लागेको भन्ने परिक्षण रिर्पोट आउन बाँकि छ ।