अखिल क्रान्तिकारीका भण्डारीलाई समर्थन गर्दै नरेशको उम्मेदवारी फिर्ता

बैतडी : देशभरसंगै बैतडीमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको माहोल बढदै गएको छ । जिल्लाको पुर्चौडी नगरपालिकामा पर्ने पुर्चौडी बहुमुखि क्याम्पस स्ववियू अध्यक्ष पदका लागि तीन पक्ष भिड्न्त हुँदैछ ।

नेपाली काँग्रेस निकट नेविसंघबाट उत्तरा महरा, नेकपा एमाले निकट अनेरास्ववियूबाट विष्णु अवस्थी, नेकपा माओवादी केन्द्र निटक अखिल क्रान्तिकारीबाट गिता भण्डारी अध्यक्ष पदका लागि मैदानमा छन् । उनीहरुले चुनावी प्रचारलाई तिब्रता दिएका छन् ।

निर्वाचन अधिकृत नवराज जोशीका अनुसार शनिबार अन्तिम नामावाली प्रकाशित गरिएको छ । जस अनुसार अनेरास्ववियू खुल्ला सदस्य पदका उम्मेदवार नरेश महराले उम्मेवारी फिर्ता लिएको निर्वाचन अधिकृत जोशीले बताए । सनिबार दिउँसो ४ सम्म उम्मेवारी फिर्ता लिने समय थियो ।

सो समयमा नरेशले विज्ञाप्ती जारी गर्र्दै अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार गिता भण्डारीलाई आफ्नो सर्मथन रहेको जनाउदै उम्मेदवारी फिर्ता लिएको बताए । उनले गिता नेतृत्वको प्यानललाई नै सहयोग गर्ने आफु निटक साथीहरुलाइ अनुरोध गरेका छन् ।

चैत्र ५ गते गर्ने बिषयमा छलफल गर्न बाँकि छ । स्ववियू अध्यक्ष लगायतका पदका मतदान गर्ने पाउने ५ सय ५७ जम्मा मतदाताहरु छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.