फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले उत्पादन गरेको ‘रमसिला तेल’ बजारमा

डडेल्धुरा : फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड डडेल्धुराले उत्पादन गरेको रमसिला तेल’ बजार आएको छ । शनिबार कम्पनीले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर ‘रमसिला तेल’ बजारमा ल्याएको हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाले उद्योग उद्घाटन तथा तेलको बजारीकरण शुभारम्भ गरेको कम्पनी सञ्चालक समितिका अध्यक्ष धर्मसिह ऐरले बताए ।

भटमासबाट उत्पादित रमसिला तेल उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक रहेको कम्पनीको दाबी छ । सुदूरपश्चिम प्रदेशका नागरिकको मुख्य लगानीमा खोलीएको सुदूरपकै पहिलो खाने तेल उत्पादक कम्पनी हो ।

कम्पनीले स्थानीय स्रोत र कच्चा पदार्थको अधिकतम उपयोग गर्ने लक्ष्यसहित यो उत्पादन बजारमा ल्याएको छ । तेलसँगै सोयाबिनको उत्पादन तथा बिक्री पनि सुरु गरिएको फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका संचालक समिति संस्थापक अध्यक्ष डा. तारा जोशीले बताए । उनले भने, ‘तेल उत्पादन गरेर बजार पुग्नु यहाँका जनताको एक सपना पुरा हुनु हो । अहिले भाटमासबाट तेल र सोयाबिन उत्पादन गरेर बजारमा पठाएका छौ।’

कम्पनीले छिट्टै डडेल्धुरालगायत सुदूरपश्चिमका विभिन्न बजारहरूमा तेल उपलब्ध गराउने योजना उनले बताए । रमसिला तेलको उत्पादनले स्थानीय किसानलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने अनुमान गरिएको छ।

तेलको नाम ‘रमसिला’ डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको ऐतिहासिक रमसिला धाराबाट प्रेरित भएर राखिएको कम्पनीले जनाएको छ।

२०७६ मा कम्पनीका रूपमा दर्ता भएको यो उद्योग ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर सञ्चालनमा ल्याइएको हो।

२०७६ शालामा जग्गा खरिद देखि आफ्नौ भवन र मेसिन खरिदसम्मको नेतृत्व प्रत्यक्ष रुपमा सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका डा.जोशीले लिएका थिए । संञ्चालक समिति परिर्वतन भएरहेपनि उनले आफ्नो लगाब कम्पनी प्रति कम गरेका थिएन् । फलस्वरुप कम्पनीले उत्पादन ५ बर्षमा बजारमा ल्याएको छ ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.