एसईई परीक्षा पहिलो दिन: बैतडीमा १ सय २४ जना परीक्षार्थी अनुपस्थित

बैतडी:  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैतडीमा पहिलो दिन अंग्रेजीमा १ सय २४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार एसइई परीक्षाको पहिलो दिन नियमित तर्फका ७१, प्राविधिक धार तर्फका १ र ग्रेडवृद्धितर्फका ५२ गरी १ सय २४ जना परीक्षार्थी अनुपस्थित छन्र ।

विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरु, बसाइँसराइ,बिहे गरेका वा हाजिर नपुगेकाहरु अनुपस्थित देखिएका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्र अवस्थीले बताए । यसैबीच पहिलो दिनको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ।

परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको माध्यमिक शिक्षा उत्तिर्ण समन्वय समितिले अनुगमन समेत गरिरहेको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.