मुसुर्दानीको सफलतापछि गायक देउवाको “सौराई” गीत सार्बजनीक

बैतडी :

मुसुर्दानीको सफलतापछि गायक रोहित देउवाको नया देउडा गित सौराई सार्बजनीक भएको। गायक देउवाको आफ्नै युटुब च्यानलबाट गित भिडियो सहित सार्बजनीक भएको हो।

गितको म्यूजिक, कम्पोज र आवाज गायक देउवाकै रहेको छ भने उनलाई स्वरमा साथ दिपा सुहाङले दिएकि छन। अनिल धितालले एरेन्जे गरेको गितको म्युजिक भिडियोमा गायक देउवा र ज्योति सिंहको अभिनय रहेका छ।

भिडियो सम्पादन बलबहादुर कुवरले गरेका छन भने म्युजिक भिडियोको निर्देशन गौरव गिरीले गरेका छन्। म्युजिक भिडियो शुक्रवार रोहित देउवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ हो।

गायक देउवाले आफ्नै गाउँ कुजाकोटमा भिडियो खिचेका हुन। गितमा बाल्यकालको माया पिरती र जन्मभुमि प्रतिको यादगार दर्शाएको छ। गायक देउवाका यो भन्दा पहिलाका गित पनि खुबै रुचाईएका छन।

गायक देउवाले बजारमा ल्याएको पहिलो देउडा गित ‘मुसुर्दानी’ ले सांगीतिक क्षेत्रमामा निकै चर्चा पायो भने छाउपडी चेलीको कारुणिक पिडा रहेको देउडा गित ‘लिलु’ पनि खुबै रुचाईयो। कुप्रथाका कारण दुर्गम छोरीको पिडा संगीत मार्फत दर्शाएको भुमिका प्रती दर्शक स्रोताहरुले मन पराएका थिए।

अगाढीका गितहरु जस्ते सौराई गितलाई पनि माया गरिदिन गायक देउवाले आग्रह गरेका छन।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.