पाटन नगरपालिकाले कृषि तथा पशुपन्छी निकासी कर हटायो(दररेटसहित)

ds new

ललित बोहरा
पाटन : बैतडीको पाटन नगरपालिकाले गत विगतबाट कृषि तथा पशुपन्छीमा लगाउने निकासी कर हटाएको छ ।
नगर उपप्रमुख तथा राजस्व स्थानीय परार्मस समितिका संयोजक कमलसिह बोहरा अपीले आर्थिक ऐनको संशोधनसहित पारितका लागि पेश गरेका हुन् ।

उनले पेश गरेको आर्थिक ऐन संशोधन प्रस्ताव तेस्रो नगर सभामाबाट पारित भएको छ । कृषकहरुको गुनासो बढदै गएपछि कृषिजन्य उपजमा लगाउदै आएको निकासी कर हटाएको उपप्रमुख बोहराको भनाई छ ।

उनले भने, ‘अनुगमनका क्रममा कृषकका खेतबारीमै कृषकसंग छलफल भयो, कृषि करले समस्या भएको बिषय आयो अनी हटाउने प्रस्ताव नगर सभामा पेश गरे पारित भयो।,

us dintal patan

अब २०८०÷०८१ का साउन १ गतेबाट पाटन नगरपालिका वडा नम्ब ८ को अनारखोलीमा आलु लगाएतका कृषी उपज र खसी, बोका र भौसीमा समेत निकासी कर नलाग्ने पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

उनले भने, ‘विगतमा जिवीसले टेन्डर गरे अनुसार गरेको रहेछ, अब स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार बमोजीम मात्र कर लाग्छ।,

Leave A Reply

Your email address will not be published.