पाटन क्याम्पस बैतडीमा स्ववियू निर्वाचन:सभापतीका लागि तीन जनाको दाबी

बैतडी:  बैतडीको पाटन बहुमुखी क्याम्पस बैतडीमा स्ववियू निर्वाचनमा तीन जनाले सभापतीका लागि उम्मेदवारी दिएका छन् ।

सभापतीमा नेपाली काग्रेस निकट नेविसंघबाट माधवी भट्टले व्यानलसहित उम्मेदवारी दिएका छ।

संघको सचिव चाहना बिष्ट, कोषाध्यक्षमा कौशिला साउँद, र सिता विक, मालती बिष्ट, कविता महरा, हिरा विकले सदस्यमा उम्मेदवारी दिएका छन् । उनीहरुको व्यानलमा सबै महिला उम्मेदवार छन् ।

यता नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियूले साँझा रुपमा सभापतीमा संजय कुमार भण्डारीलाई उम्मेवादर बनाएको छ ।

उनको व्यानलबाट सचिवमा प्रकाश भट्ट, कोषाध्क्षयमा गजेन्द्र चुनारा र सदस्यमा सन्तोष जोशी, यमुना पेला, कविता कुमारी महरा, यसोदा ऐरीले उम्मेदवारी दिएका छन् ।

यता क्याम्पसमा जनजागरण स्वतन्त्र विद्यार्थी युनियनबाट गौतम प्रशाद अवस्थी सभापतीमा उम्मेदवारी दिएका छन्। उनको समुहमा कमला भट्टराई सचिव, दिनेश प्रसाद भट्ट कोषाध्यक्ष र सदस्यमा आकाश पन्त, विवेक सिह मडै, प्रकाश दत्त भट्ट, मनिसा कठायत चुनावी मैदानमा छन् ।

नेविसंघले पाटन क्याम्पसमा निरन्तर जित्ने गरेको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.