जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्डमा दोस्रो हुने पाटनको टिमलाई नगरपालिकाको सम्मान

पाटन: 

बैतडी जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्डमा दोस्रो स्थान ल्याउन सफल पाटनका खेलाडीलाई नगरपालिकाले सम्मान गरेको छ ।

शोमबार नगरपालिकामा एक औपचारी कार्यक्रमको आयोजना गरि खेलाडीको हौसला बढाउन विभिन्न विद्याका खेलालीहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

आईतबार पाटनमा सम्पन्न जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्डमा पाटन नगरपालिका ७ स्वर्णसहित दोस्रो भएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ललित पाण्डेले बताए ।

स्थानीय खेलकुद विकाश समिति अध्यक्ष रमेश सिह बोहराको अध्यक्षमा भएको सम्मान कार्यक्रममा नगर प्रमुख गौरी सिह रावल, नगर उपप्रमुख कमलसिह बोहरा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट, वडा अध्यक्ष राजेन्द सिह विष्ट, वडा अध्यक्ष तथा जिल्ला खेलकुद विकाश समितीका उपाध्यक्ष तर्कसिह ठगुन्नालगायतको सहभागीता रहेको थियो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.