बैतडीको पाटनमा निःशुल्क प्रजनन स्वास्थ्य शिविर सुरु

ललित बोहरा, बैतडी :  पाटन नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा निशुल्क प्रजनन स्वास्थ्य शिविर सुरु भएको छ ।

पाटन नगरपालिकाको आयोजना र नेपाल मेड संस्थाको सहयोगमा शिविर सञ्चालन भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
शुक्रबार पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको छ ।

शिविरमा स्त्री तथा प्रसूती रोग बिशेष डा.निता तिमिल्सिना र डा. रेजिना खड्काले सेवा दिने प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताए ।
शिविरमा गर्भ नबस्ने र पटक–पटक गर्भ तुहिने समस्याको चेकजाँच गर्नुका साथै महिनावारी हुँदा पेट दुख्ने समस्याको उपचार गरिने बताइएको छ ।

यस्तै पिसाब फेर्दा पोल्ने, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पाठेघरको मुखको क्यान्सरको जाँच, गर्भ पतन तथा परिवार नियोजन सेवा शिविरमा दिइने पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख भट्टले बताए ।

दुर्गमका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शिविरको आयोजना गरिएकाले शिविरमा आएर सेवा लिन आग्रह गरिएको पाटन नगरपालिकाले जनाएको छ । शिविर उद्घाटन समारोहमा केन्द्र व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बिष्टका अध्यक्षता तथा पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावलको प्रमुख अतिथी नगर उपप्रमुख कमल सिह बोहरा अपी विशिष्ठ अतिथी रहेको थिए ।

आइतबार वडा नं ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै आइतबार पाटन नगरपालिका –५ स्थित बसन्तपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने पाटन नगरपालिकाले जनाएको छ ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.