बैतडी : २७ बर्षीया गोमती मृत फेला

बैतडी : बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–१ मुडापकी २७ बर्षीया गोमती चन्द भाट मृत फेला परेकी हुन् ।

गोमती घर नजिकैको लाहुरेपातल जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । गएराति ९ बजेतिर उनी घरबाट निस्केकी थिइन् ।

मृतक गोमतीका दुई छोरा रहेका छन् । माइती पक्ष आएपछि मात्रै घटनास्थलको मुचुल्का गरिने प्रहरी निरीक्षक बडूले बताए । घटनाको कारण भने खुल्न सकेको छैन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.