पाटन नगरपालिका: आर्थिक बर्ष २०८०/०८१ को बजेट नगरसभाबाट पारित(लिष्टसहित)

पाटन: बैतडीको पाटन नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट नगरसभाबाट पारित भएको छ ।

आईतबार पाटन नगरपालिका सभा हलमा बसेको तेस्रो नगरसभाको दोस्रो बैठकले बजेट पारित गर्ने निर्णय गरेको हो । असार १० गते नगरपालिका नगर उपप्रमुख तथा योजना तर्जुमा समितिका संयोजक कमलसिह बोहरा अपीले दोस्रो नगरसभाको पहिलो बैठकमा पेश गरेको ६४ करोड ४९ लाख ६९ हजार पारित भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए ।

शनिबार बसेको कार्यपालिकाको बैठकले नगरस्तरिय योजनाहरु वडामा बाँडफाड गर्दै करिब २० लाखको वडालाई बजेट सिलीङ दिएको छ । वडा नम्बर १ को कार्यालय भवनका लागि १५ लाख, २ को वडा भवनका लागि १५ लाख, तोली लिप्ट खानेपानीका लागि ८० लाख, बृहत खानेपानीका लागि २० लाख , ८ को निमार्णधिन भवनका लागि २५ लाख बजेट विनीयोजन गरेको छ ।

लिष्टसहित

 

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.