अजयमेरु गाउँपालिका : नव बर्षसंगै एकल महिलाको घरमा उपाध्यक्षको कोसेली पुग्यो

बैतडी : “समावेसी र सन्तुलित विकास, समृद्ध अजयमेरुको मूल आधार” भन्ने नाराका साथ डडेल्धुराको अजयमेरु गाउँपालिकाले एकल विपन्न महिलाहरुका लागि कोसेली वितरण गरिएको छ ।

गाउँपालिकाले एकल महिलासंग उपाध्यक्ष कार्यक्रम अन्र्तगत दैनिक उपभोग्य समाग्रीसहितको कोसेली वितरण गरिएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन् । शुक्रबार गाउँपालिका उपाध्यक्ष पालले वडा नम्बर ४, ५ र ६ को कार्यालय बाट कोसेली वितरण गरेका थिए ।

शनिबार वडा नम्बर ३ को कार्यालयबाट ३ नम्बरका एकल महिलाहरुलाई गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास)  उपाध्यक्ष पाल र वडा अध्यक्ष रमेश बाहुनले संयुक्त रुपमा चामल लगातका दैनिक उपभोग्य समाग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

अब वडा नम्बर १ र २ मा वितरण गरिने छ । नयाँ बर्ष २०८२ आएसंगै दैनिक उपभोग्य समाग्रीसहितको कोसेली पुगेपछि विपन्न महिलाहरु खुसी भएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.