ललित बाेहरा, बैतडी : बैतडीको पाटनमा लाग्ने महोत्सवको तयारी तिब्ररुपमा भइरहेको छ । जिल्लाको केन्द्र बिन्दुमा रहेको पाटनमा आगामी बैशाख दुई गतेदेखी १० गतेसम्म प्रदेशस्तरीय महोत्सवको तयारी तिब्ररुपमा भइरहेको हो । स्टेज निमार्ण तथा घेरबारको काम सकिन लागेको छ भने बालउद्यमको काम अन्तीम चरण पुगेको छ ।
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भइहरेको महोत्वसको मुख्य प्रायोजकमा क्वालीटी स्टील आल्मुनियम एण्ड युपिभिसी रहेको छ ।
प्रदेशस्तरीय कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं महोत्सवको व्यवस्थापन तथा भौतिक पक्षको काम तिब्ररुपमा भइरहेको च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिस प्रशाद जोशीले बताए ।
स्थानीय कलाकार र स्थानीय उत्पादनलाई महत्व दिइने कमर्सका अध्यक्ष जोशीले बताए । महोत्सवमा स्थानीय कलाकारदेखी राष्ट्रिय कलाकार अधिकासको टुंयो लागेको आयोजकले जनाएको छ । बिद्यार्थीलाई ७० रुपियाँ र सर्वसाधारणलाई १०० रुपियाँ टिकट शु;ल्क तोकिएको जनाएको छ भने अहिलेसम्म प्रमुख आतिथीको टुंगो लागेको छैन।