बैतडी: बैतडी पाटन महोत्वस २०८२ ले दर्शक बढाउन थालेको छ । पहिलो दिन (बैशाख २ गते ) भन्दा बुधबार देउडा गायक रेखा जोशीको गितहरुले दर्शक बढाएको छ। दर्शकहरु दिन प्रतिदिन बढ्न थालेको आयोजन नेपाल चेम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिष प्रशाद जाेशी बताए ।
राष्टिय तथा स्थानीय कलाकारहरु र बाल उद्यमका सामाग्रीले दर्शकको आकर्षण बढदै गएको उनको भनाई । बुधबार चर्चित देउडा गायक रेखा जोशी, मनोज धामी लगायका कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन गरेका हुन् । भने सामना डान्स क्लबका छात्राहरुले नृत्य देखिएका थिए ।
बैतडीको कृष्ण मावि खेलमैदानमा जारी पाटन महोत्वस बैशाख १० गतेसम्म सञ्चालन हुनेछ।
५२ बढी व्यापारीक स्टल सञ्चालनमा रहेका छन् । दार्चुलादेखी नेपालगञ्जसम्मका व्यपारीहरुले आफ्नो स्टलहरु राखेका छन् । अल्लोबाट निमार्ण भएका कपडादेखी स्थानीय सेलरोडी समेत महोत्वस स्थलमा उपलब्ध गरेको महोत्वस आयोजक समिति संयोजक देवराज भट्टराईले बताए ।
उनले स्थानीय कृषकलाई निशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिए । भोली गायक इब्सल सन्ज्याल, अमृत नाथ लगायतका कलाकार आउने भएका छन् ।
सुदूरपश्चिम प्रदेश स्तरिय व्यापार मेला अवलोकनका लागि सबैमा आयोजकले आग्रह गरेको छ । एक सय को टिकटमा बिद्यार्थीलाई ३० प्रतिशत छुट दिइएको छ ।
पत्रकारलाई परिचय पत्रका आधारमा निः शुल्क प्रवेशको व्यवस्था गरेको छ । ६ बर्षपछि पाटनमा महोत्वस आयोजना गरिएकाे हाे । पाटन नगरपालिकासहित बैतडीका १० स्थानीय तहले सहयाेग गरेकाे जनाएकाे छ ।