पाटन:
घनघस्या मावि खतेडामा यो शैक्षिक शत्रबाट ११ कक्षाको पढाइ हुने भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका- १ मा पर्ने घनघस्या माविमा १० कक्षासम्म पढाई हुने गरेकोमा यस बर्षबाट ११ को पढाई हुने प्रधानाध्यापक शंकर प्रशाद भट्टले बताए ।
गाउँपालिकाको अनुमती प्राप्त गरेर यो बर्ष शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुने उनले बताए । उच्च शिक्षा अध्ययन गर्ने घोड्कटे, खतेड, बचकोट, काईराली गाउँ तथा बैतडीको कफलचौडा, डैसिली लगायतका बिद्यार्थीलाई समस्या रहेको थियो ।
विभिन्न समाजसेवी व्यक्तीबाट करिब १२ लाख चन्दा संकलन गरेर बिद्यालयमा ११ कक्षाको भर्ना खुलेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए । कक्षा ११ सञ्चालनका लागि बिद्यालयले १ स्वंमसेवक शिक्षक र १ निजी शिक्षक राख्ने तयारी भइरहेको बिद्यालयले जनाएको छ ।
यो बिद्यालयमा अहिले १३ जना शिक्षक छन् । बिद्यालयको अन्य भौतीक संरचना निमार्ण तथा र्ममत र निजी शिक्षकका लागि तलबको व्यवस्थापनका लागि चन्दा सहयोग गर्न बिद्यालयले आग्रह गरेको छ । घर नजिकै उच्च शिक्षाकाे पढाइ हुने भएपछि यहाँका बिधाथी हषीत छन्र ।