जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू, मन्त्री भण्डारीले गरे उद्घाटन

बैतडी :  बैतडीको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ। कमल विशाल पार्क खेलमैदानमा सुरू प्रतियोगिताको उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् ।

जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। १० स्थानीय तहले बिद्यार्थी छनोट गरेर खेलमैदानमा उतारेका छन् ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको यो १५ औं संस्करण हो । दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको हो।

उद्घाटन समारोहमा मन्त्री भण्डारीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, पुर्व संविधानसभा सदस्य नरेन्द्र कुँवर ,पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम, प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशी,जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो।

स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनरत १८ वर्षमुनीका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरू सञ्चालन भइरहेका जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकास्तरीय छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडी सहभागी हुन पाउने र एक खेलाडीले एक विधामा मात्र भाग लिन पाउने जनाएको छ ।

जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट हुनेछन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.