बत्ती बाल्ने महिना शुरु

बैतडी :

सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु भएको छ । साउन महिनालाई पहाडी समुदायले बत्ती बाल्ने महिनाको रुपमा मनाउने गरेका छन् । श्रावण महिना शुरुभएसंगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने गरिएको छ । तर यो बर्ष अधिकमास परेकाले आज मात्रै मठमन्दिरमा पूजा गरिने स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।

बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन समेत रही आएको उनले बताए । तर अधिकमासमा पूजापाठ गर्ने चलन नरहेको समेत बताए ।

साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेको अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए

us dintal patan
Leave A Reply

Your email address will not be published.