बैतडी पाटन महोत्वस समापन : १ सय ५६ जनाले पाए पहिलो पटक स्टेज

ललित बोहरा बैतडी : बैतडी पाटन महोत्वस २०८२ सम्पन्न भएको छ । जिल्लाको पाटन नगरपालिका ६ मा नेपाल चेम्बर अफ कर्मसको आयोजनामा बैशाख २ देखी जारी महोत्वस सम्पन्न भएको हो। कृष्ण माविको खेलमैदान सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरिय मेलामा बैतडीका १ सय ५६ जनाले पहिलो पटक स्टेज चढ्न पाएका छन् । यहाँका नयाँ कलाकारहरुले आफुमा भएको प्रतिभा स्टेजमा हजारै नागरिक सामु देखाउन पाएका हुन् ।

बिद्यालयको कार्यक्रममा आफ्नो प्रतिभा राख्ने बिद्यार्थी तथा वनजंगल र टिकटकमा आफ्नो प्रस्तुती देखाउने यहाँका युवा युवतीहरुले आफुले पहिलो पटक स्टेज चढ्ना पाउँदा भाग्गेशाली ठानेका छन् ।

पाटन नगरपालिका -६ की सामना ऐरी, उनले अधिकार औपचारिक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्ने गरेकी थिएन् । त्यहाँ देखाएको नृत्यले उनलाई खासै राम्रो लागेन तर उनले बैशाख २ महोत्वसको पहिलो दिन नै अत्याधुनिक साउण्डसहित आफुनो नृत्य प्रस्तुत गर्ने पाउँदा सपना पुरा भएको उनले भनाई छ ।

यता कक्षा ६ मा अध्ययनरत दिवस विकले पनि पहिलाे पटक महोत्वस लागेको देखे। महोत्वस लागेको देखेकै दिन स्टेजमा आफ्नो प्रतिभा देखाउने अवसर भएको बताए ।

उनले आमा बुवाको समयले आफु महोत्वसमा आएको बताए । उनले भने, म स्टेज चढेको देखेर मेरो आमा बुवाले आँखामा खुसीको आसु देखे। यो उमेरमै मैले आफु बुवालाई यो महोत्वसले खुसी बनाउन सके । धन्यावाद छ आयोजनाकलाई ।

स्थानीय कलाकारले मात्र हैन सुदूरपश्चिमका ८० प्रतिशत कलाकारमा बोलाएको महोत्वसमा उनीहरुलाई सम्मान समेत गरिएको । नेपाल चेम्बर अफ कर्मसको आयोजना तथा क्वालीटि आल्मोनिय एण्ड युपिवीसीको प्रयोजनमा सम्पन्न महोत्वसले पाटन क्षेत्रमात्र नभइ बैतडीको व्यपार बृद्धी भएको छ ।

१२ दिन पाटन नगरपालिका भित्रका अधिकास होटलहरु भरीभरा भएका थिए । महोत्वसको हिसाव किताब भने सार्वजनिक गरिएको छैन । टिकट कती बिक्री भए लगायका बिषय आयोजकले अहिले खुलाएको छैन।

 

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.