डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा नव निर्मित कृषि तथा पशुपन्छि सेवा केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत आर्थिक कोरिडोर कार्यालय, डडेल्धुराले निर्माण गरेको नयाँ भवन अजयमेरु गाउँपालिकालाई हस्तातरण गरेको हो । गाउँपालिकाले कृषक र पशुपालकहरूलाई एउटै छानामुनि सेवा दिन सेवा केन्द्रको उद्घाटन गरेको अजयमेरु गाउँपालिका भेटेरिनरी अधिकृत चन्द्रकान्त चटौतले बताए ।
उद्घाटन तथा हतान्तरण कार्यक्रममा आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहमा कृषि र पशुपन्छि शाखाका लागि भवन निमार्ण गरेर हस्तातरण गरेको बताए । डडेल्धुराको अजयमेरु, नवदुर्गा, गन्यापधुरा र आलिताल गाउँपालिकामा भवन निमार्ण गरेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय डडेल्धुराका कार्यालय प्रमुख पशुपति नाथले बताए ।
अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले सेवा केन्द्रले भागेश्वर र बैतडीका नागरिकलाई समेत सेवा प्रवाह हुने बताए ।
दूध, अण्डा र तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित कार्य भइरहेको अध्यक्ष भट्टले बताए । गाउँपालिका कृषि र भेटेरिनरी शखा अब नयाँ भवनमा सर्ने छ । अजयमेरु गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । दुर्गमका गाउँ खतेडा,बजकोट, भुल्कुडा, चमडा लगायतका क्षेत्रका कृषकलाई सेवा दिइरहेको गाउँपालिकाले जनाएको छ ।