बैतडी:
बैतडीमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ । जिल्लाको पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविमा सञ्चालन भएको छ ।
७९ दिनको संस्थागत तालिम बैतडीमै सञ्चालन हुने र २१ दिनको वार्षिक सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन हुने बताइएको हनुमानध्वज गुल्म गढी व्यारेकका गुल्मपति सेनानी प्रल्हाद थापाले बताए ।
सैनिक–नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको छ । तालिमको प्रारम्भ गुल्मपति सेनानी थापा र पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहरा अपीले गरेका छन ।
सनातन धर्म मावि श्रीकोटमा र पाटनको कृष्ण माविमा ३६-३६ गरी ७२ जनालाई तालिम दिन लागिएको हो ।