ललित बाेहरा, बैतडी: बैतडीको पाटन नगरपालिकामा बैतडीको पाटनमा ५२ कार्य दिनको सीप विकास तालिम सुरु भएको छ । पाटन नगरपालिको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा ५२ कार्य दिनको सीप विकास तालिम सुरु गरेको हो।
सोमबार तालिमको पाटन नगरपालिका नगर प्रमुख गौरीसिंह रावलले उद्घाटन गरेका हुन् । तालिम अन्तर्गत ५२ कार्य दिने सिलाई–कटाई र बाँसजन्य कच्चा पर्दाथमा आधारित सिप विकास तालिम प्रदान गरिने नगरपालिकाको उद्यम विकास शाखा प्रमुख रमिता भण्डारीले बताइन् ।
जसको उद्देश्य स्थानीय युवा, महिला तथा लक्षती वर्गहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको अवसर सिर्जना गर्नु रहेको पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहरा(अपी)ले बताए ।
सिप सिकेपछि उत्पादन गरेका समाग्री विक्रि केन्द्रका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाटन नगरपालिका-६ मा कोशेली घर निमार्ण गरिरहेको नगर प्रमुख रावलले बताए । उनले भने, सिप राम्रो संग सिक्नु होला तपाईहरुले उत्पादन गरेका डोको, डालो, लगायतका स्थानीय उत्पादन विक्रिका लागि कोशेली घर निमार्ण हुँदैछ ।, भवन निमार्णपछि प्रयोगमा ल्याउने प्रतिबद्धता समेत नगर प्रमुख रावलले व्यक्त गरे ।

नगरपालिकाको सभाहलमा आयोजित दुई वटै तालिमको उद्घाटन समारोहमा नगर प्रमुख, उपप्रमुख, पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्ट, जिल्ला प्रशासन कार्यालयका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी पवन कुमार शाही, वडा अध्यक्षहरु, सुरक्षाकर्मी, पत्रकार तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो। वक्ताहरूले यस्तो प्रकारको सीप विकास कार्यक्रमले गाउँ–घरमै रोजगारी सिर्जना गर्न र महिला तथा युवालाई आर्थिक रूपमा सबल बनाउने विश्वास व्यक्त गरे।
उक्त तालिममा दर्जनौं सहभागीहरूले आफ्नो भविष्यको योजना बनाई तालिम लिने बताएका छन् ।


