बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी:

बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ सनकट्यामा ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चालक सुरेन चौधरीको मृत्यु भएको बताइएको छ । चालक कैलाली घरभएका जानकारीमा आएको र पुरै ठेगना नखुलेको प्रहरी प्रवक्ता लोक राज जोशीले बताए ।

सोमबार अप्रान्न दशरथचन्द नगरपालिका वडा नं २ बाट निर्माण सामग्री बोकेर वडा नं ६ तर्फ जाँदै गरेको सुप,प्र- ०१००-२ त ६३८९ नम्बरको ट्याक्टर साढे ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.