ललित बाेहरा, डडेल्धुरा : डडेल्धुराका विभिन्न नदी र खोलामा गरी तीन पक्की मोटरेवल पुल निर्माण हुने भएका छन् । सुदूरपपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय डडेल्धुराले तीन मोटरेबल पक्की पुलका लागि ठेक्का जारी गरेको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका-१ र २ जोड्ने उग्रतारा-मेलौली सडक खण्डको बसानागाडमा मोटरेलब पक्की पुल निमार्णका लागि ५ करोड ७ लाख ४० हजार औसत वार्षिक निर्माण रकमको ठेक्का जारी भएको छ ।
बसाना गाडमा पुल निमार्ण प्रक्रिया सुरु नभए डडेल्धुराबाट निर्वाचीत माननीयहरुलाई वडा नम्बर २ चमडामा प्रवेश रोक लगाउने वडा नम्बर २ का वडा अध्यक्ष शिवराज भट्टले सार्वजिनक सूचना नै गरेका थिए ।
यता नवदुर्गा गाउँपालिकाको १ मा पर्ने शिन्टोली गाडमा पनि मोटरेबल पुल निमार्ण प्रक्रिया सुरु भएको छ । पोखरा बेलापुर सडक खण्डामा मोटरेलब पक्की पुल निमार्णका लागि ठेक्का १ करोड ८३ लाख ८५ हजार औसत वार्षिक निर्माण रकम जारी ठेक्काको सूचनामा उल्लेख छ ।
यस्तै जिल्लाको भित्र मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका ८ मा पर्ने देवारी खोला मोटरेबल पुलका लागि ४ करोड ३९ लाख लागत लाग्ने सूचनामा भनिएको छ । ्
पुल निमार्णका लागि बहुबर्षिय ठेक्का जारी भएको समय सकिन लागेकाले केही समयमा सम्झैता गरेर काम सुरु गरिने भौतीक पूवाधार कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले बताए ।