डडेल्धुरा : डडेल्धुराको नवदुर्गामा जीप दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्र । जिल्लाकाे नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलबार साँझ भएको जीप दुर्घटनामा दुईजना गम्भीर घाइते भएका हुन्र ।
डडेल्धुराबाट चामा चाैड जादै गरेकाे १ ज ७३८ नम्बरको जीपका चालक र एक जना अर्का गरि दुई जना घाइते भएको डडेल्धुरा प्रहरीले जनाएकाे छ ।
चौडको कडेली र थलागडा बीचको सडकमा अनियन्त्रित भई जीप दुर्घटनामा नवदुर्गा गाउँपालिका–५ बस्ने चालक ३५ बर्षिया राम बहादुर साउँद र साे ठाउँ बस्ने २७ बर्षिया भरत विक गम्भीर घाइते भएकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले बताए ।
दुवै जनाकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेकाे अवस्था खतरामुक्त रहेकाे जनाएकाे छ ।