बैतडी: अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्की पुनः चयन भएकी छिन् ।
अखिल नेपाल महिला संघ बैतडीको पाँचौ अधिवेशनबाट कार्कीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएकाे हाे । उपाध्यक्षमा अन्जु टमाटा र सरस्वती कोलि, सचीवमा शिबनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउद र कोषाध्यक्षमा पार्वती भुल चयन भएका छ्न ।
महिलाको हकअधिकार रक्षाको लागि पार्टीले दिएको जिम्मेवारी पुर्णरुपमा कुशलतापुर्वक बहन गर्न आफु नेतृत्वको टीम प्रतिवद्ध रहेको अध्यक्ष कार्की ले बताउनुभयो ।
अध्यक्ष कार्कीको यो दोस्रो कार्यकाल हो । दोस्रो कार्यकालको पनि जिम्मेवारी दिने अग्रज नेता कार्यकर्ता र पार्टीलाई अध्यक्ष कार्कीले धन्यवाद दिएकी छिन् ।