सुदूरपश्चिमका ३२ बिद्यालय नमुनाका लागि छनोट(सूचनासहित)

बैतडी :

सुदूरपश्चिम प्रदेश सरकारले नाै जिल्लाका सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनाेट गरेको छ। सामाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनाेट गरेको हो। मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरिका सामुदायिक विद्यालयलाई मागेकोे आवेदनअनुरूप २५ वैशाख ०८१ मा सामाजिक विकासमन्त्री मेघबहादुर खड्काकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनाेट गरेको जनाएको छ ।

मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले हस्ताक्षर गरेको पत्रमा नमुना विद्यालयमा विकास  गर्ने  प्रयोजनका  लागि समग्र विकासको गुरुयोजना बनाएर आगामी आर्थिक  वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा  गुरुयोजना पेस गर्न निर्देशन दिएको छ। तीन प्रादेशिक निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र १(क) सरस्वती मावि पुनर्वास, १(ख) महाकाली मावि बेलौरी, क्षेत्र २(क) कृष्ण मावि गुलरिया, २(ख) भुवनेश्वरी मावि सिसैया र क्षेत्र ३(क) लक्ष्मी मावि बागफाँटा १९ बागफाँटा र ३(ख) लक्ष्मी मावि दोधाराचाँदनी छनाेट भएका छन् ।

बाजुरामा जनप्रकाश मावि र पशुपति मावि बुढीनन्दा, डोटीमा राधाकृष्ण मावि, शिखर, बछैन मावि बडिकेदार, बैतडीमा वासुदेव मावि लिप्टिटा, वीरेन्द्र मावि साहिलेक, बझाङमा लामातोला मावि खप्तडछान्ना, सरस्वती मावि बुङ, दार्चुलामा सम्पाल मावि व्यास, लटिनाथ मावि मार्मा, अछामा प्रभाधम्कोट मावि र नेपाल राष्ट्रिय मावि चाफामाडौं, मासप मासवप बला, गुरुकुल मावि ढकारी, डडेल्धुरामा भागेश्वर मावि परशुराम, भुवनेश्वरी मावि गन्यापधुरा, कैलालीमा महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टीकापुर ,जनजागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगंगा, सरस्वती मावि गोदावरी, शारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनाेट भएका छन्। भीमदत्त नगरपालिका– १९ बागफाँटाका प्रधानाध्यापक प्रमानन्द नाथले प्रदेश सरकारले नमुना विद्यालय छनाेट गरेसँगै समग्र सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि कार्यक्रम अघि बढाइने बताए । प्रअ नाथले प्राविधिक शिक्षालाई समेत साथसाथ अघि बढाउने योजना ल्याउने बताए ।

बेदकोट नगरपालिका– ६, सिसैया भुवनेश्वरी माविका अध्यक्ष प्रविन बोगटीले नमुनामा छनाेट भएसँगै सामुदायिक विद्यालयमा बालविकासदेखि आधारभूत तहमा विद्यार्थी आकर्षण घटिरहेका वेला बालमैत्री शैक्षिक कार्यक्रम ल्याएर शैक्षिक विकास  गर्ने बताए । बेलौरी नगरपालिका– ६, बेलौरी महाकाली माविका प्रधानाध्यापक रमेश सिंहले बालविकास, प्राविधिक धारदेखि अंग्रेजी माध्यमसहित विविध शैक्षिक सुधारका योजना ल्याएर विद्यालयलाई प्रदेश सरकारले गरेको विश्वासअनुरूप अघि बढ्ने बताए । यसअघि संघीय सरकारले कञ्चनपुरका चार विद्यालयलाई नमुना विद्यालय घोषणा गरिसकेको थियो ।

छनोट भएका बिद्यालयहरु…

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.