ललित बाेहरा, बैतडी: बैतडीको पाटन नगरपालिका-४ चिल्लेपानी खानेपानीको हाहाकार भएको छ । गर्मीयाम सुरु नहुँदै खानेपानीको हाहाकार भएको छ । घर-घरमा खानेपानीका धारा निमार्ण गर्ने नारा सहित निर्वार्चित जनप्रतिधिहरुलाई चिल्लेपानीमा भएको खानेपानीको हाहाकारले चुनौती दिएको छ ।
स्थानीय रमेश ऐरीले समाजिक संञ्चालमा धारामा लाइन भएको तथा पानी नै नआइरहेको फोटो पोष्ट गर्दैमा व्यङगात्मक रुपमा लेखेका छन्। चिल्लेपानीमा नेताहरुले भनेको एक घर एक धारा बनाएर विकाश गरिदिएको यही हो ?
उनले मात्र हैन स्थानीय आरर्यन ऐरीले खानेपानीको समस्या सहन नसकेर स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिलाई लक्षित गरी लेखेका छन् । सबै ठाउँमा सरकाररै सरकार तर चिल्लेपानीमा पानीको हाहाकार ।,
१५ बर्षबाट नेताहरु आउने भोट माग्ने दुइ बर्षमा पानी ल्याउछौ भन्ने तर गाउँ नर्फिर्ने समस्या छ ।
पानीको हाहाकार भएपछि घण्टौसम्म टाढा टाढाका कुवाहरुमा लाइन बसेर खानेपानी ल्याउने गरेको स्थानीयले बताए । चिल्लेपानीमा गत बर्ष झडापाखला गाउँभरी नै फैलिएको थियो ।
डिपिआरमा समस्याले खानेपानीको काम रोकिएयो – वडा अध्यक्ष बिष्ट
बैतडीको पाटन नगरपालिका-४ चिल्लेपानीमा लिप्ट खानेपानी निमार्णका लागि १५ लाख बजेट रहेको छ ।
बुहुबर्षिय योजनाको डिपिआरमा समस्या देखिएपछि खानेपानी योजना अगाडी बढ्न सकेको छैन् । वडा अध्यक्ष बिष्टका अनुसार डिपिआर नमिलेकाले सञ्चाउन पठाएकाे छ ।
संघ सरकारले योजना सुरु गर्न यस बर्ष १५ लाख बजेट विनियोजन गरेको थियो । मुहान नहुँदा लिप्टबाटै खानेपानी गाउँमा ल्याउने प्रयास गरिरहेको वडा अध्यक्ष बिष्टले बताए ।
चिल्लेपानीमा पछिल्ला बर्षमा ४ वटा साना खानेपानीका योजना बनेको छन् । यस बर्षपनी बिद्यालयमा ५० हजार खानेपानी मर्मतका लागि बजेट विनियोजन गरिहेको अध्यक्ष बिष्टले बताए । यता पाटन नगरपालिका-४ कै ठाडबजारमा पनि खानेपानीको समस्या छ ।
सुर्नया जोलाबाझ तोली लिप्ट खानेपानी योजना समयमै सम्पन्न नहुँदा ठाँडबजारमा खानेपानीको समस्या रहिआएको छ । ठेकेदारका कारण तोली लिष्ट योजना ढिलो भएपनि अहिले नयाँ मुहानबाट काम चलिरहेको अध्यक्ष बिष्टले बताए बताए । वडा कार्यालयमा भने नगरपालिको दमकलबाट खानेपानी पुगाउने गरेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् । अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्याइसक्ने घोषणा पनि मन्त्री यादवले गरेका छन् ।