धनगढी : प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारबाब दिन सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीले संर्घषमार्फत चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
शुक्रवार प्रदेश अन्तरगतका स्थानीय तहमा कार्यरत कर्मचारीको धनगढीमा भएको भेलाद्धारा गठित प्रदेश संर्घष समितिले आन्दोलनका कार्यक्रमतय गरेको हो ।
समितीले शुक्रबार एक प्रेस विज्ञाप्ती जारि गर्दै कार्यक्रमको घोषणा गरेको जानकारी दिएको छ । सुदुरपश्चिम सरकारले हालसम्म पनि ऐनहरु जारी गर्न नस्कदा पदपुर्तिमा हुन नस्कदा सेवा प्रवाहमा समस्या भएको भन्दै संर्घषको कार्यक्रमको घोषणा गरिएकोछ ।
नेपालको संविधानको धारा २२७ बमोजिम स्थानीय सेवा गठन तथा संञ्चालन सम्बन्धि ऐन प्रदेश सरकारले बनाउने व्यवस्था रहेकोछ । तर विडम्बना ७ प्रदेश मध्ये ६ प्रदेशमा कानुन निमार्ण भई कार्यान्व्यनमा आई उकै विज्ञापनबाट पदपुर्ति भएका अन्य प्रदेशका कर्मचारीको पदसोपान मै समस्या आएको तर सुदुरपश्चिममा हालसम्म पनि उक्त ऐन जारी जारी हुनुनसक्दा कर्मचारीहरुकको वृति विकास रोकिन गई मनोवलमा कमी आएको,कर्मचारी अभावकका कारण सेवा प्रवाहमा समस्या भएको प्रदेश लोकसेवा आयोगले पदपुर्ति प्रकिृया अगाडि बढाउनु नसकेको जसले गर्दा सेवा प्रवाहमा असर परेको विज्ञप्तीमा भनिएकोछ ।
संर्घषका कार्यक्रमहरुः बैशाख २७ गतेः सम्पुर्ण पालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवाहरु ठप्प गर्न पत्राचार गर्ने, बैशाख २८ गतेः कामकाग ठप्प गर्न बाकी रहेका पालिकाहरुले अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवाहरु ठप्प गरि कर्मचारीहरुले धनगढी केन्द्रित आन्दोलनमा सहभागी हुने । ,धर्ना कार्यक्रम गर्ने
बैशाख २९ गतेः ९ देखि १२ बजे सम्म धर्ना कार्यक्रम राखिएको छ ।
शुक्रबार धनगढीमा भएको भेलाबाट समितिको संयोजकमा झलक दौलेल, सहसंयोजकमा मीन बहादुर खड्का र लक्ष्मी विष्ट चयन भएका छन् । त्यस्तै सचिवमा शङ्कर जोशी, कोषाध्यक्षमा अर्जुन जोशी र सदस्यहरूमा भरत चन्द, गगन धामी, गोपाल विष्ट, डबल भाट, अमृत कुमार ओली, शेरबहादुर कार्की, रमेश प्रसाद भट्ट, शङ्कर साउद, शङ्कर न्यौपाने, लक्ष्मण जाग्री, कुलराज उपाध्याय, सुनिल रावल, शङ्कर थापा, विष्णु पाण्डे, गणेश जोशी, सुरेश बोहरा, धर्म कडायत र हेमकान्त सुवेदी चयन भएका थिए ।