बार एसोसिएसन डडेल्धुराको अध्यक्षमा बोहरा निर्विरोध निर्वाचित

डडेल्धुरा :  नेपाल बार एसोसिएसन डडेल्धुरा शाखाको १० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा अधिवक्ता तुलाराम बोहरा निर्विरोध निर्वाचित भएका छन्।

शुक्रबार भएको बारको जिल्ला अधिवेशनबाट बोहरा सर्वसम्मत अध्यक्ष भएका हुन्।  यसैगरी उपाध्यक्षमा गोविन्दराज जोशी, सचिव सुरेश थापा र कोषाध्यक्षमा आरती जोशी निर्विरोध निर्वाचित भएको डडेल्धुरा बारका निवर्तमान सचिव ओमप्रकाश साउदले जानकारी दिए।

साउदका अनुसार सदस्यमा मोहन पाठक, बिष्णु भट्ट, रोहित देउवा, हरी भट्ट, ओमप्रकाश साउद र युवराज जोशी चयन भएका छन् भने केन्द्रीय पार्सदमा पुष्पराज जोशी सर्बसम्मत चयन भएका छन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.