ललित बाेहरा, बैतडी : बैतडीको पाटन नगरपालिका-८ बस्ने ४५ बर्षिय चालक गणेश महराको शव २४ घण्टाबाट बैतडी अस्पतालमा राखिएको छ ।
अस्पतालले पोष्टमाटम गर्ने तालिम पाप्त डाक्टर नभएकाले जनाएको छ ।
समान्य घटनामा अरु डाक्टरले पोष्टमाटम गर्ने भएपनि यो जटिल घटना भएको भन्दै पोष्टमाटम गर्ने डाक्टर डराएका छन् । उनीहरुले बिषेशज्ञ डाक्टारबाट पोष्टमाटम गराउन आफ्नलाई आग्रह गरिरहेको छन् ।
२४ घण्टा बन्दा बढी शव अस्पतालमा प्रहरी प्रक्रिया पुगेपनी पोष्टमाटममा ढिला भएको छ । तालिम प्राप्त चिकित्सकले मात्र पोष्टमाटम गर्ने भएकाले ढिला भएको जिल्ला प्रसासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
मुद्धा परेको शव भएकाले तालिम नलिएका डाक्टरहरुले पोष्टमाटम नगरेको सिडियो उपाध्यायले बताए ।
बुधबारसम्म बैतडी अस्पतालको नेतृत्वमा कोही छैन । अध्यक्षको अवधि सकिएर बाहिरीनुभएको छ भने मेडिकल सुपरिटेन्डेन्ट डा. सुशिल बिकले काठमाण्डौ छन् ।
मेडिकल सुपरिटेन्डेन्ट आएपछि मात्र पोष्टमाटम हुने भएपछि फेरी २४ घण्टा शवलाई बैतडी अस्पतालमा राख्नु पर्न हुन सक्छ एक जिम्मेवार सरकारी अधिकारीले बताए ।
मेडिकल सुपरिटेन्डेन्ट पुग्न दिने कि शवलाई डडेल्धुरा अस्पताल लैजाने बिषय समेत छलफल भइरहेको छ ।
शव पोष्टमाटम नहुँदा आर्थिक अभावले उपचारमा समेत समस्या खपेका मृतक महराका परिवारलाई आर्थिकभार सरकारी पक्षले समेत थपेको छ ।
डा. सुशिलले आफु काठमाण्डौ रहेका बताए । उनले भने, केस विवादीत भएकाले अरु डाक्टर भन्दा विशेषज्ञ डाक्टारबाट पोष्टमाटम गराउदाँ राम्रो हुन्छ भनेको छु । अर्को डाक्टर आज साझँ वा भोली पुग्नु हुन्छ म त बिदामा हो, मेसुले भने, घटनाबारे बैतडी अस्पतालका डाक्टरलाई बुझन राम्रोसंग पाएको को पनि छैन् ।
बैतडीको पाटन नगरपालिका– ८ का बस्ने चालक महराको मंगलबार बिहान मृत्यु भएपछि उनका परिवारले कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
जाहेरी अनुसार मृतका छोरा कृष्ण सिंह महराले स्थानीय नरेन्द्र सिंह महरा आफ्नो पसलमा बुवाको टाउँको ठोकेर वेहोस बनाएपछि दोस्रो दिन आफुहरुलाइ जानकारी भएको जनाएको छ । मृतका बाजे र बजैलाई समेत मृतक महराले कुटेको बिषय बताएको जाहेरीमा उल्लेख गरेका थियो । उनलाई बैशाख १३ गते धनगढीको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचार संम्भव नभएपछि घर फिर्ता ल्याइएको थियो ।

