दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेल्धुरा पुग्दै

डडेल्धुरा: मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियानमा भाग लिन नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भोलि (बिहीबार) डडेलधुरा पुग्ने भएका छन् ।

जेठ २ गतेदेखि सुरु हुने जनतासँग माओवादी जागरण अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायत नेताहरू आउन लागेको सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।

अभियानमा सहभागी हुन पूर्व उपराष्ट्रपति तथा उपाध्यक्ष नन्दकिशोर पुन पासाङ आज बेलुका डडेलधुरा आउन लागेको पोखरेलले बताए । उनका अनुसार शीर्ष नेताहरू डडेल्धुरा बस्ने कार्यक्रम छ । शुक्रबार बिहान बैतडीको पाटनबाट अभियान सुरु गर्ने कार्यतालिका रहेको छ ।

‘अभियानमा सहभागी हुन शीर्ष नेताहरू भोलि डडेल्धुरामै बस्नुहुन्छ । २ गते मध्य पहाडी राजमार्गमा पर्ने १० वटा स्मार्ट सिटीमध्ये बैतडीको पाटनबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम छ’, उनले भने ।

वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ देखि १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान १० गते पोखरामा आएर समापन हुनेछ । त्यसपछि सरकारले संसदमा पेस गर्ने बजेटमाथि छलफलमा सहभागी हुने कार्य तालिका छ । बाँकी कार्य तालिका पछि तय हुने पोखरेलले बताए । डडेल्धुरामा हुने जनसंवादकाे तयारी पुरा भएकाे जिल्ला संयाेजक उमेश प्रशाद भट्टले बताए ।

उता पाटनमा मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियानकाे तयारी पुरा भएकाे जिल्ला संयाेजक शंकर भणडारीले बताए । १० वटै स्थानीय तहबाट नेता तथा कार्यकता पाटनमा आउन थाले सकेको बताइएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!