मेलौली : स्बैतडीको मेलौलीमा बिहीबारदेखि बृहत स्वराड बैतडी संस्कृतिक महोत्सव तथा व्यापार मेला सुरू भएको छ ।
पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिको सहयोगमा महोत्सव आयोजना सञ्चालन गरिएको हो । महोत्वसको पञ्चेश्वर गाउँपालिका अध्यक्ष तथा उद्घाट समारोहका प्रमुख अतिथि गोरख बहादुर चन्दले उद्घाटन गरेका हुन् ।
पर्यटन विकास मञ्चका अध्यक्ष हरिसप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथी पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट, प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय लगायतका जनप्रतिनिधीहरु रहेका थिए ।
मेलौली भवगती मन्दीरको प्राङगणमा सुरु भएको महोत्सवमा आज कलाकार मनोज धामी लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेका छन् । तितावै र बिजुलका छलियाले पहिलो पटक स्टज पाएको कार्यक्रम संयोजक सागर भण्डारी सोराडीले दिए ।

उद्घाटन समारोहमा बिजुलका छलियाको विशेष प्रस्तुति रहेको थियो । स्थानीय उत्पादन कला संस्कृति, संरक्षण र प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको महोत्सव जेठ १२ गते सम्पन्न हुने पर्यटन विकास मञ्चका अध्यक्ष हरिसप्रसाद जोशीले बताए ।
महोत्सवमा लोकदोहोरी, हाँस्यब्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्त्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी प्रो। भोजराज जोशी क्वालिटीले बताए ।

महोत्वसमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लागयतका स्थानीय कलाकाहरुको प्रस्तुती रहने मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी प्रो। क्वालिटीले बताए ।
महोत्सवको मुख्य प्रवर्द्धकमा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन्।


