बैतडीमा ९ बर्षबाट अवैध मेडिकल सञ्चालन : ‘सिएमए’ फेल पक्राउ

ललित बोहरा-बैतडीः

बैतडीमा अवैध रुपमा मेडिकल सञ्चालन गर्ने एक जना सञ्चालक पक्राउ परेका छन्।

जिल्लाको सिगास गाउँपालिका–२ गाँजरीमा अवैध रुपमा मेडिकल सञ्चालन गरिरहेका एक जनालाई बिहीबार पक्राउ गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको छड्के अनुगमन टोलीले अवैध रुपमा मेडिकल सञ्चालन गरिरहेका ३३ वर्षीय खेमराज अवस्थीलाई बिरामी जाँचिरहेका अवस्थामा पक्राउ गरिएको हो।

बिहीबार मेडिकल सिल गरेर सञ्चालक भनिएका अवस्थीलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिएका छन्।

बिरामीहरूलाई स्लाइन चढाइरहेकै अवस्थामा उनलाई नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। संञ्चालक अवस्थी सीएमए अनुत्तिर्ण भएका व्यक्ति हुन्।

उनले २०७१ सालदेखि अवैधानिक रुपमा मेडिकल सञ्चालन गरिरहेको पाइएको छ। उक्त मेडिकल कुनै पनि निकायबाट अनुमति नलिई गैह्र स्वास्थ्यकर्मीले मेडिकल चलाइरहेको पाइएको उनले बताए।

बैतडीमा मेडिकल तथा औषधि पसलहरुमा अनुगमन कडाईका साथ लागू गरिन लागिएको छ। गाँजरी बजारमा केही व्यापारिक पसलहरुमा पनि अनुगमन गरिएको छ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.