बैतडी: विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बेहोस, डडेल्धुरा अस्पतालमा उपचार हुदै

बैतडी:  बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका- ३ तडिगाउँको भट्ट परिवारका ५ जना सदस्य बिरामी परेका हुन्।

बिरामी हुनेमा वर्ष ३५ का टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्।

सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ। अहिले सबैको उपचार सुरु भएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!