ललित बोहरा-बैतडी:
बैतडीमा इन्धनको मूल्य व्यापारीले मनपरी अशुल्दै छन् । अहिलेसम्मै उच्च पुगेको मूल्य यहाँका व्यपारीहरुले अशुल्ने गरेको पाईएको छ ।
कैलालीको धनगढीमा रु.१सय ६१.५ पर्ने पेट्रोल जिल्लाको पञ्चेश्वर गाउँपालिकामा २ सय २० रुपियाँ सम्म पर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । बैतडीको सतबाजमा रहेको भण्डारी आयल स्टोरमा पेट्रोल राख्ने गरेका छैन् । सञ्चालक लालबहादुर भण्डारीले भने, ‘हामीले पेट्रोल राख्ने गरेका छैनौ रेट पनि थाहाँ छैन्, डिजेल र.१सय ४८.५० प्रतिलिटर पर्छ।’
नेपाल अयाल निगम आफ्नो अनलाईन धनगढीमा रु. १ सय ४३.५ प्रतिलिटर देखाएको छ । पम्पमा रेट ठिक-ठिकै भएपनि बजारमा डिजलको मुल्य रु.१ सय ७० देखी रु. १ सय ८० सम्म रहेको छ । जिल्लाको पाटन नगरपालिका-६ मा ४ इन्धन विक्रीका लागि इकाईहरु छन् । मेलौली नगरपालिकामा २ सय पेट्रोलको मुल्य पर्ने गरेको स्थानीय सुरेश बिष्टले बताए ।
उनीहरुबाट नियमन निकाय जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी सवार जिल्ला प्रहरी कार्यालय बैतडीको गाडीले नै रु.१ सय ७० प्रतिलिटरका दरले डिजल हाले तर सोधेनन् मूल्य बढी भयो भनेर । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपनि बैतडीमा भने लागु भएको छैन् । यहाँका सरकारी कार्यालयहरुले पनि व्यपारीले भनेको दरमा खरिद गर्न बाध्य छन् ।
पाटन नगरपालिका भित्रका खोडपे, ठाड लगायतका बजारमा पेट्रोलको मुल्य १ सय ९० रहेको छ । नेपाल अयाल निगमको अहिले सम्मकै उच्च मूल्य पुगेको रेट हो । बजार अनुगमन नहुदाँ यहाँका सेवाग्राहीले पेट्रोलीयम पदार्थको चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको चाकल कर्णसिह साउँदले बताए । उनले भने,‘पम्बको रेड एक हुन्छ इकाई तथा अबैध बिक्री गर्ने पसलमा एक दर हुन्छ सेवा ग्राहीलाई मार छ अनी गाडी भाडा कम कसरी हुन्छ ?